आठौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता : ९४ पदक सहित नेपाल पहिलो

काठमाडों । आठौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल ९४ पदक सहित पहिलो भएको छ । बिहीबार राती धनगढीमा सकिएको प्रतियोगितामा १ सय ६८ मध्ये नेपालले २३ स्वर्ण, २३ रजत र ४८ कास्य गरि ९४ पदक जितेको हो ।

दोस्रो स्थानमा रहेको भारतले ९ स्वर्ण सहित ५१ पदक प्राप्त ग¥यो । तेस्रो स्थानमा रहेको भुटानले ६ स्वर्ण सहित ९ पदक जित्यो भने श्रीलङकाले २ स्वर्ण सहित ७, बंलादेशले १ स्वर्ण सहित ५ पदक र पाकिस्तानले १ स्वर्ण सहित २ पदक जित्यो ।

सुदूरपश्चिमाञ्चल गोजुरियो कराते डो संघको आयोजनामा भएको प्रतियोगीताको कुमुतोविधातर्फ भने नेपालका विभागीय र क्षेत्रीय टिमले वर्चश्व जमाएका छन् । कुमुतोमा सशस्त्र प्रहरीको एपिएफ पहिलो, सुदूरपश्चिमाञ्चल दोश्रो र पश्चिमाञ्चल तेश्रो भए ।

पिहलो भएको एपिएफले ५१ हजार, दोश्रो भएको सुदूरपश्चिमाञ्चलले ३१ हजार र तेश्रो भएको पश्चिमाञ्चलले २१ हजार पुरस्कार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्