लुम्बिनी जनरल इन्स्योरेन्सले पूंजी बृद्धि गर्न २०% हकप्रद शेयर जारी गर्ने

काठमाडौं, २५ बैशाख । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बिशेष साधारण सभा सम्पन्न भएको छ ।
आ.ब. २०७४/०७५ को वित्तीय विवरणबाट बोनस शेयर वितरण गरी बीमा समितिबाट निर्धारित समयावधीमा चुक्ता पूंजी पूरा गर्ने योजना रहेपनि एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस शेयर जारी गर्ने नसकिने अबस्था आएकोले सोको बिकल्पमा १० शेयर बराबर २ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न प्रस्ताव गरिएको कम्पनीका अध्यक्ष मनोहर दास मूलले सभालाई जानकारी गराउनु भयो ।

सभाले कम्पनीको हालको अधिकृत पूंजी, जारी पूंजी तथा चुक्ता पूंजी बृद्धि गर्ने र हालको चुक्ता पूंजी रु. ८८ करोडको २०% हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्