यूनाइटेड फाइनान्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच सम्झौता

काठमाडौं, २५ बैशाख । यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोह बीच सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसारयूनाइटेड फाइनान्स लिमिटेडले देश भर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना,डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरीपूर्व मेची देखि पश्चिम महाकाली सम्म २२ वटा शाखाहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ।


सम्झौतामा यूनाइटेड फाइनान्सलिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अजय कुमार मिश्रर महालक्ष्मी लाईफ इन्स्योरेन्स लि।को तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गर्नुभएको छ । ।

प्रतिक्रिया दिनुहोस्