नेशनल माइक्रो फाइनान्सको कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न

जागरण न्युज
काठमाडौं । नेशनल माइक्रो फाइनान्स वित्तिय संस्स्थाले चालु आ.व.२०७५।०७६को समिक्षा एवं अगामी आ.व.२०७६।०७७ को कार्यक्रम तथा बजेट तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
भिलेज रिर्सोट लेकसाइड पोखरामा दुईदिने समिक्षा तथा गोष्ठि कार्यक्रमको औपचारिक उद्घाटन संचालक समितिका अध्यक्ष केशव प्रसाद अर्चायले गर्नु भएको थियो ।

सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाको हालसम्मको प्रगतीको साथै अगामी बर्षको रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो ।
प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले चालु आ.व. को २०७५ चैतमसान्तसम्ममा देशभरका ५० वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच सातै वटा प्रदेशका ३७ वटा जिल्लाका ७५ हजार भन्दा वढी विपन्न परिवारमा सेवा पुगेको बताए । उहाँले हाल सम्म संस्थाले ३ अर्व ४८ करोड कर्जा लगानी र सदस्यहरुबाट रु.१ अर्ब १२ करोड भन्दा वढी बचत संकलन गर्न सफल भएको जानकारी दिनुभयो ।

कार्यक्रममा सबै शाखा प्रमुखहरुले आ–आफ्नो शाखा कार्यालयको चालु आ.व.को तेस्रो त्रैमाससम्मको लक्ष्य प्राप्ती र अगामी आ.व.को कार्यक्रम बजेट तथा रणनीति प्रस्तुत गर्नु भएको थियो ।

गोष्ठीको समापन गर्दै प्रमुख कार्यकारी अधिकृत यादवले गत आ.व.मा संस्थागत र प्रदेशगत उत्कृष्ट भएको प्रथम द्धितीय र तृतीय साथै चालु आ.व.को तेस्रो त्रैमाससम्मको उत्कृष्ट लक्ष्य प्रगती हासिल गरेका शाखा प्रमुखहरुलाई नगद, ट्रफि र कदरपत्रसहित । सम्मान गरिएको थियो ।
कार्यक्रम सस्थाका क गोष्ठी कार्यक्रमको संचालन विभागीय प्रमुख सिताराम पंडितले संचालन गर्नु भएको थियो भनृ आन्तरिक लेखा परिक्षण विभागको विभागीय प्रमुखले आन्तरिक लेखा परीक्षणमा देखिएका मेजर रिर्माकको बारेमा छलफल तथा सुधार गर्न सुझावदिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्