दुरसञ्चार प्राधिकरणले युटिएलसँगको सम्झौता खारेज गर्यो ! किन ?

काठमाडौं , बैशाख २४ । नेपाल दुरसञ्चार प्राधिकरणले यूटिएलसँगको सम्झौता खारेज गरेको छ।

गण्डकी र प्रदेश-५मा ब्रोडब्याण्ड निर्माण र विस्तारको जिम्मा पाएको यूटिएलसँग प्राधिकरणले मंगलबार सम्झौता खारेज गरेको हो।

युटिएलसँगको सम्झौता खारेज भएसँगै अब प्राधिकरणले गण्डकी र पाँच नम्बर प्रदेशमा ब्रोडब्याण्ड निर्माण र विस्तारको लागि नयाँ प्रक्रियाअघि बढाउने भएको छ।

सम्झौता भएको मितिले दुई वर्ष्भित्र काम सक्नेगरी यूटीएलसँग २०७४ वैसाखमा प्राधिकराणले सम्झौता गरेको थियो। तर, उक्त सम्झौता अवधि सकिएपछि सम्झौता तोडिएको हो।

सम्झौताको अवधिमा कुनै किसिमको भौतिक प्रगति नभएको भन्दै प्राधिकरणले सम्झौता खारेज गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले बताए।

अर्यालका अनुसार युटिएलले समय थपको लागि प्राधिकरणमा निवेदन समेत पेश गरेको थियो। तर पनि युटिएलको काममा कुनै प्रगति नभएकाले प्राधिकरणले सम्झौता खारेज गर्ने निर्णय गरेको हो

प्रतिक्रिया दिनुहोस्