नीति तथा कार्यक्रमबारे संसदमा नेपाली कांग्रेसको विरोधः अपशब्द नबोल्न प्रधानमन्त्रीको चेतावनी
काठमाडौं, बैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे संसदमा बोल्दै गर्दा नेपाली कांग्रेसका सांसदहरुले भने विरोध गरेका छन् ।
प्रधानमन्त्री ओलीले काँग्रेसका सांसदहरुले अपशब्द बोलेको भन्दै रेकर्ड सुनाउन पनि सभामुखलाई आग्रह गरे ।
प्रधानमन्त्रीले रोष्टममा बोलिरेका बेला प्रधानमन्त्रीको जवाफ चिक्त नबुझेपछि काँग्रेसका सबै सांसदहरु आफ्नो सिटबाट उठेर आफ्ना प्रश्नको स्पष्ट जवाफ माग गरेका थिए ।
सभामुख कृष्णबहादुर महाराले पटक–पटक आफ्नो सिटमा बस्न कांग्रेसका सांसदहरुलाई आग्रह गरेपनि उनीहरुले विरोध गरिरहे ।
सभामुख महराले प्रधानमन्त्रीलाई अघि बढ्न आग्रह उनले संसदमा अपशब्द बोल्ने भन्दै प्रश्न गरे । उता काँग्रेस सांसदहरुले पनि रेकर्ड सुनाउन सभामुखलाई आग्रह गरे ।
काँग्रेस सांसदहरुका नाराबाजीका बीच प्रधानमन्त्री केपी ओलीले द्धन्द्धकालीन घटना समाधानका लागि सरकारले काम गरिरहेको बताएर आफ्नो जवाफ सकिएको बताए ।
प्रतिक्रिया दिनुहोस्