सिद्धार्थ बैंकको नयाँ शाखा अब कालीमाटीमा पनि , शाखा संख्या पुग्यो १सय ५३

काठमाडा, बैशाख २४ । सिद्धार्थ बैंकले काठमाडौंको कालीमाटीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य माननीय जीवन राम श्रेष्ठ तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाबाट संयुक्त रुपमा भएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्