कामना विकास बैंकको “मोबाईल बैंकिङ्ग” सेवा प्रयोगमा

काठमााडैं, २३ बैशाख । “प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुलनाराका साथ आम जनतामाझ विभिन्न बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएको परिमार्जीत, आधुनिक र सरल “मोबाईल बैंकिङ्ग” सेवा आजदेखि प्रयोगमा ल्याएको छ । ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थपगरि यो सेवा सार्वजनिक गरिएको हो ।

यो सेवा प्रयोग कर्ताहरुले Biometric login, QR payment , क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम,स्कूलत थाक लेजको फि, विद्युत र खानेपानी महशुलआदीको भुक्तानी, आफ्नो बैङ्क खाताको रकमअन्य बैङ्क तथावित्तीय सस्थाको खातामा रकमान्तर गर्न, E-SEWA E-SEWA जम्मा गर्न Mobile top up गर्ने जस्ता भुक्तानीहरुमा सहयोगीहुने बैङ्कले जनाएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८३ वटा शाखा तथा ३७ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Internet Banking, C-ASBA लगायतकामाध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्