कामना सेवा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच आज संस्थागत अभिकर्ता सम्बन्धी सम्झौता


कामना सेवा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच आज संस्थागत अभिकर्ता सम्बन्धी सेवाआदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभरका ८३ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीबनबीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासंगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा बिकस बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन ।


काठमाण्डौ ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशको विभिन्न भागहरुमा ८३ वटा शाखा तथा ३७ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking C- ASBA, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु बिस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्