धादिङमा भीरमौरीको मह खाँदा ७ जना बिरामी : दुईको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइयो
काठमाडौं, बैशाख २२ । उत्तरी धादिङको सेर्तुङमा भीरमौरीको मह जाँदा सातजना गम्भीर बिरामी भएका छन्।
रुवीभ्याली गाउँपालिका ४ बोराङमा मह खाँदा गम्भीर बिरामी भएका २ जनालाई हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ।
मह खाँदा मोक्ता लामा तामाङ, हिमाल विक, लालु विक, सुष्मा तामाङ, मि लामा तामाङ, कान्छा लामा र तेसमान तामाङ बिरामी परेका हुन्।।
बिरामीमध्ये कान्छा लामा र तेसमान तामाङको अवस्था सिकिस्त भएपछि तत्काल हेलिकप्टर बोलाएर उपचारको लागि काठमाडौं पठाइएको वडा नम्बर ४ का अध्यक्ष प्रशान्त तामाङले जानकारी दिए।
बाँकी विरामीको सेर्तुङस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उनीहरुले बिहान ९ बजेतिर मह खाएका थिए। मह खाएपछि उनीहरु काम्ने, बान्ता गर्ने, लड्ने गरेका थिए।














प्रतिक्रिया दिनुहोस्