प्रदेश–५ को नाम ‘मगरात’ राखिनुपर्ने माग गर्दै हस्ताक्षर अभियान सुरु
काठमाडौं, वैशाख २१ । प्रदेश नम्बर–५ को नाम ‘मगरात’ राखिनुपर्ने माग गर्दै १२ जिल्लामा हस्ताक्षर अभियान सुरु गरिएको छ ।
नेपाल मगर संघले १२ ओटै जिल्लामा हस्ताक्षर अभियान सुरु गरेको हो ।
अर्घाखाँचीमा आयोजित कार्यक्रममा मगर संघ ५ नम्बर प्रदेश सचिवालय सदस्य टोपबहादुर बलालमगरले मगरात कुनै जातीय राज्य नभइ सबै जाति, समुदायको इतिहास भएको बताए ।
उनले एकीकृत मगरात भूमिलाई टुक्रा पारेर मगरहरुको इतिहास मेटाउने दुस्साहस राज्यले गरिरहेको आरोपसमेत लगाए ।
शुक्रबारबाट सुरु भएको हस्ताक्षर अभियान आइतबारसम्म चल्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्