प्रदेश २ : प्रदेशसभा बैठकमा नेकपा र कांग्रेसको अवरोध, बैठक फेरि अनिश्चितकालका लागि स्थगित

काठमाडौं, बैशाख २० । लामो समयपछि बसेको प्रदेशसभाको वैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रदेश २ को प्रदेशसभा बैठक शुक्रबारसमेत अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा र नेपाली कांग्रेसले शुक्रबारको बैठक अवरुद्ध गरेका हुन्।

मुख्यमन्त्री लालबाबु राउतले सहमतिको प्रयास गरे पनि नेकपा र कांग्रेस सांसदले बैठक अवरोध गरेका हुन्।

बजेट वितरण समावेशी हुनुपर्ने, भ्रष्टाचार आरोपको जवाफ सरकारले सदनमा दिनुपर्ने, बजेट वितरणको तालिका सार्वजनिक गर्नुपर्नेलागयत माग अघि सार्दै नेकपा र कांग्रेसले लगातार बैठक अवरोध गर्दै आएका हुन्।

सहमति गरेर अगाडि बढ्ने भन्दै दुई घण्टा ढिला सुरु भएको बैठकसमेत अवरुद्ध भएको हो। प्रमुख प्रतिपक्षी दलले शुक्रबारसँगै लगातार तीनवटा बैठकमा अवरोध गरिसकेका छन्।

सरकारले जवाफ नदिँदा प्रमुख प्रतिपक्षी काँग्रेस र प्रतिपक्षी नेकपाको अवरोधले लगातार चौथो पटक प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्