आईपीएलमा दिल्लीलाई लाग्यो झट्का, बलिङ हतियार राबडाले बाँकी खेल नखेल्ने, कारण यस्तो छ

काठमाडौं, बैशाख २० । इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली बलर सन्दीप लामिछाने रहेको टिम दिल्लीलाई प्रतियोगिताको अन्त्यतिर झट्का लागेको छ । उसका मुख्य बलर कागिसो रबाडा चोटका कारण सिजनका बाँकी खेल खेल्न नपाउने भएका छन् ।

आईपीएलमा दिल्लीको टिमका मुख्य बलर कागिसो राबाडा चोटका कारण यस सिजनका बाँकी खेल खेल्न नपाउने भएका हुन् । । सो टिममा नेपाली बलर सन्दीप् लामिछाने रहेका छन् ।

आईपीएलको प्लेअफमा पुगिसकेको दिल्लीका तीब्र गतिका बलर रबाडालाई तयारीका लागि दक्षिण अफ्रिकी क्रिकेट बोर्डले मे ३० भन्दा अगाडि स्देश फर्किन भनिसकेको छ । तर आइपीएलमा चेन्नईविरुद्धको खेलका क्रममा उनले आफूलाई असहज महसुस भइरहेको बताएका थिए ।

उनको कम्मरमा समस्या भएको हुनसक्ने भन्दै परीक्षण गरिएको थियो । उनलाई आरामको आवश्यकता भएकाले दिल्लीले नै रबाडालाई स्वदेश फर्कन आग्रह गरेको जनाइएको छ ।

आइपीएलमा सफल बलर रबाडाले दिल्लीको अन्तिम खेल खेल्नेछैनन् भने त्यसपछि प्लेअफका खेलहरुपनि गुमाउने भएका छन् । रबाडाले १२ खेलमा २५ विकेट लिएका थिए ।

रबाडाको फिटनेसमा समस्या आएपछि दक्षिण अफ्रिकालाई पनि तनाव भएको छ । किनकि विश्वकपमा रहेका टिममा डेल स्टेन, लुंगी एंगिडी, एनरीच नोर्जी सबै चोटग्रस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्