गणपति माइक्रोफाइनान्स वित्तिय संस्थाको आइपीओको नतिजा आयो

काठमाडौं, २० बैशाख । गाणपति माइक्रोफाइनान्स वित्तिय संस्थाको साधारण शेयर (आइपीओ) को नतिजा सार्वजनिक भएको छ ।

गणपतिको आइपीओमा कुल ३१ हजार ३०८ जना लगानीकर्ताले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । यसमा कुल ३ लाख २३ हजार ३०९ जनाले आवेदन दिएकामा ७०० को आवेदन रद्द भएको छ ।

रितपूर्वक आवेदन दिएका ३ लाख २२ हजार ६०९ जना आवेदकलाई गोलाप्रथामा छनौट गराइएको थियो । गणपतिले वैशाख ९ देखि १२ गतेसम्म कुल ३ लाख ३५ हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ३ लाख १३ हजार ८० कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्