भारतको ओडिसामा चक्रवातको प्रभाव सुरु, लाखौँ मानिसलाई सुरक्षित स्थानमा सारियो: चक्रवातको प्रभाव नेपालमा पनि देखिने, सतर्क रहन आग्रह

काठमाडौँ , बैशाख २० । बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव आज ९शुक्रबार० नेपालमा पनि देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बिस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको र शुक्रबारबाट यो प्रणाली ओडीसाको तटीय क्षेत्रमा भित्रिने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यहाँबाट यो प्रणाली फेरि उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ ।

उक्त चक्रवातको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा शुक्रबार र ९शनिबार० मौसम केही प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन–चट्टयाङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै चक्रवातको प्रभावले हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको जनाइएको छ।

बंगालको खाडीको दक्षिण पूर्वी भागबाट विकसित भएको चक्रवात ‘फानी’ को प्रभाव नेपालमा पर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आवश्यक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना रहने मौसमविदले बताएका छन् ।

ओडिसामा चक्रवातको प्रभाव सुरु

बंगालको खाडीबाट विकसित भएको चक्रवात ‘फानी’ केहीबेरमा भारतको ओडिसामा पुग्दैछ । यो तूफानका कारण त्यहाँ वर्षा सुरु भएको छ । तटीय क्षेत्रका लाखौँ मानिसहरुलाई सुरक्षित स्थानमा लगिएको छ ।

उद्धारकर्मीहरुलाई हाइअलर्टमा राखिएको छ । चक्रवातको असरलाई मध्यनजर गर्दै बिहीबार रातिदेखि नै उडानहरु रद्द गरिएका छन् भने रेल चल्न पनि रोक लगाइएको छ।

यो चक्रवात बिहान ८ बजे सुरु हुने र १२ बजेसम्म जारी रहने त्यहाँका मौसमविदले बताएका छन् ।

यो बेला हावाको गति प्रतिघण्टा १७५ देखि १८५ किलोमिटर रहन सक्ने बताइएको छ।

ओडिसाका झण्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्