सिभिल बैंक लिमिटेड, ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलबीच छुट्टाछुट्टै सम्झौता

काठमाडौं, १९ बैशाख । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गलाई सहुलियत प्रदान गर्ने हेतुले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलसंग सम्झौता गरेको छ । ब्लू क्रस हस्पिटलसंग बैशाख १७ गते मंगलवार र मेडीसिटी हस्पिटलसंग आज बैशाख १९ गते सम्झौता भएको हो ।

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू क्रस हस्पिटलको तर्पmबाट कार्यकारी ब्यवस्थापन समिति सदस्य सचिव रजत कृष्ण श्रेष्ठ र मेडीसिटी हस्पिटलको तर्पmबाट महाप्रबन्धक बिजय रिमालले छुट्टाछुट्टै कार्यक्रमबीच क्रमस हस्ताक्षर गर्नुभयो ।
अब सिभिल बैंकका ग्राहकहरुले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्