नेशनल लाईफ ईन्स्योरेन्सको कोहलपुरमा शाखा विस्तार, कृषि बीमामा केन्द्रित हुन आवश्यक – अध्यक्ष चापागाई

काठमाडौं । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको कोहलपुरमा शाखा विस्तार भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले कम्पनीको १०० औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेको हुन् ।

सो अवसरमा कम्पनीको नयाँ बीमा योजना अमृत नामक अग्रिम भुक्तानी /आजीवन बीमालेखको पनि अध्यक्ष चापागाईले शुभारम्भ गरेका छन् ।

सो कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले पछिल्लो समयमा बीमाप्रति आमनागरिकको विश्वास बढ्दै गईरहेको, नेपालमा बीमाको पहुँच बढेर १८ प्रतिशत जनताले बीमा गरेको जानकारी गराउनुहुँदै अब बीमा गाउँ केन्द्रित हुन आवश्यक रहेका बताए । उनले देशको आर्थिक विकासका लागि छरिएर रहेको पूँजिको एकिकृत गरी बीमामार्फत सहि ठाउँमा प्रयोग भइरहेको स्पष्ट पार्दै विगतमा बीमा भुक्तानीमा केहि समस्या आईरहेको भएपनि अब बीमाबाट पाउनुपर्ने रकमको भुक्तानीमा कुनै समस्या नआउने प्रष्ट्या । उनले नेपालका सबै स्थानिय सरकारसँग सहकार्य गरी र्निजीवनबिम कार्यक्रम सञ्चालन माल्याउन लागेको जानकारी दिए ।

विशेष गरी नेपाल कृषिप्रधान मुलुक भएकाले पछिल्लो समय कृषि बिमालाई प्राथमिकता दिनुपर्ने भन्दै आधुनिक कृषिको विकासका लागि नेपालका बिमाकम्पनीहरुले कृषिबीमामा जोड दिनुपर्ने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बीमा बजारलाई आधुनिकिकरण गर्न र बीमा सेवालाई गाउँगाउँमा पु¥याउन आवश्यक रहेको विचार व्यक्त गरे । उनले बीमा समितिको निर्देशनअनुसार बीमा कम्पनीमा २ अरब रुपैया चुक्तापूँजि हुनुपर्ने व्यवस्था भएकोमा कम्पनीको हाल ३ अर्व भन्दा बढी चुक्तापूँजी रहेको र केही समय भित्र बाँकेको नेपालगञ्जमा क्षेत्रीय कार्यालयको भवन निर्माण गर्ने लक्ष्य रहेको जानकारी गजानकारी दिए ।

कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले कोहलपुर उद्योग वाणिज्य संघका ७ सय ५५ जना सदस्यहरुलाई वार्षिक एक सयका दरले बीमा कार्यक्रम सुरुवात गरिएको र सबै व्यक्ति र क्षेत्रमा बीमा गर्न आवश्यक रहेको बताए । ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दक्तराज हमालले कम्पनीलाई प्रशासनिक कार्यक्रममा आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्