देशैभर अत्याधिक गर्मी बढ्यो, नेपालगञ्जमा पुग्यो ४३ डिग्री तापक्रम, तराईको जनजीवन अत्यन्तै कष्टकर

काठमाडा, बैशाख १९ । केही दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांस क्षेत्रमा गर्मी बढेको छ । खासगरी गर्मी बढेसँगै तराईको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।

देशैभर गर्मी बढेको छ । केहीदिन अघिसम्म सक्रिय रहेको प्रिमनसुन अहिले कमजोर हुँदा मौसम सफा छ ।

मौसम सफा भएकाले देशभरी नै तापक्रम बढेर गर्मी भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बढ्दै गएको गर्मी र सुक्खा मौसमका कारण बालबालिका, वृद्धवृद्धा र मजदूर वर्गमा थप समस्या भएको छ ।

गर्मी बढेसँगै श्वासप्रश्वासको समस्या, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता बिरामीको चाप स्वास्थ्य संस्थामा बढेको स्वास्थ्यकर्मीले बताएका छन् । गर्मी बढ्दै जाँदा सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन् ।

बिहीबार तराईका अत्याधिक तापक्रम वृद्धि भएको छ । हाल नेपालगञ्जमा सबैभन्दा धेरै तापक्रम बढेको छ । बिहीबार नेपालगञ्जको तापक्रम ४२ दशमलव ८ डिग्री छ । यहाँको न्यउुनतम तापक्रम नै २६ दशमलव ५ डिग्री सेल्सियस छ ।

त्यसपछि धनगडीको तापक्रम ४१ दशमलव ४ डिग्री छ भने न्युनतम २५ दशमलव ५ डिग्री सेल्सियस छ । भैरहवामा ४० दशमलव ६ डिग्री अधिकतम तापक्रम हुँदा २३ दशमलव ३ डिग्री सेस्लियस छ ।

दाङमा यतिबेला अधिकतम ३९ दशमलव १ डिगी छ भने न्यूनतम २१ दशमलव ८ डिग्री सेल्सियस छ । विराटनगरमा ३२ दशमलव १ डिग्री छ भने न्युनतम २१ दशमलव ४ डिग्री सेल्सियस छ ।


तराईमा मात्रै होइन, पहाडको तापक्रम पनि उत्तिकै बढेको छ । पूर्वको धनकुटामा यतिबेला ३१ दशमलव ५ डिग्री अधितम तापक्रम हुँदा न्यूनतम तापक्रम १८ दशमलव ७ डिग्री सेल्सियस छ ।

ताप्लेजुङमा अधिकतम तापक्रम २६ दशमलव ४ डिग्री सेल्सियस हुँदा जुम्लाको अधिकतम तापक्रम २० दशमलव ४ डिग्री सेस्लिसयस पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्