नेपाल र इक्वेटोरियल गिनीबीच कुटनीतिक सम्बन्ध स्थापना
काठमाण्डौ , बैशाख १८ । नेपाल र इक्वेटोरियल गिनीबीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ ।
भूमध्यरेखा र गिनीको खाडीनजिक रहेको अफ्रिकी देश इक्वेटोरियल गिनी र नेपालबीच द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।
मङ्गलबार न्युयोर्क्स्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको एक सङ्क्षिप्त कार्यक्रममा दुई राष्ट्रपछि दौत्य सम्बन्ध स्थापना भएको हो । यो सँगै नेपालको १६५ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र इक्वेटोरियल गिनीका स्थायी प्रतिनिधि क्रमशः अमृतबहादुर राई र एन्टोनियो डङ बाले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रका हस्ताक्षर गरे ।
नेपाल र इक्वेटोरियल गिनीबीच दौत्य सम्बन्ध स्थापना भएको जानकारी महासचिव एण्टोनियो गुटरेसलाई दिइएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्