भारतको महाराष्ट्रमा माओवादी आक्रमणमा परी १५ सुरक्षाकर्मीको मृत्य, माओवादी र सुरक्षाकर्मीबीच भिडन्त जारी

काठमाडौं, बैशाख १८ । भारतको महाराष्ट्रमा नक्सलवादीहरुले आक्रमण गरेका छन् । भारतको महाराष्ट्र राज्यको गढचिरौली जिल्लामा नक्सलवादीहरुले गरेको आक्रमणमा परि १५ जना प्रहरीको ज्यान गएको छ ।
बुधबार गस्तीमा गैरहेको प्रहरीको गाडीलाई लक्षित गरी नक्सलवादीको एक समूहले आईडी बम विस्फोट गराएको हो ।


गाडीमा १६ जना प्रहरी सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले पनि त्यस क्षेत्रमा नक्सलवादी र सुरक्षाकर्मीबीच भिडन्त जारी रहेको छ ।


केही समयअघि मात्रै महाराष्ट्रका विभिन्न ठाउँमा माओवादीहरुले तीन दर्जनभन्दा बढी गाडी जलाएको खबर आएको थियो ।


महाराष्ट्र राज्यमा सरकारले राज्य स्थापना दिवस मनाइरहँदा घटना घटाइएको छ । माओवादीहरुले भने गएको वर्षको अप्रिल २२ मा आफ्ना ४० कार्यकर्ताको सुरक्षाकर्मीबाट हत्या भएको स्मृतिमा एक हप्ता लामो विरोधका कार्यक्रम राख्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्