राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, भ्रमणका बारेमा भनिन् यस्तो
काठमाडौं, बैशाख १८ । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको राजकीय भ्रमणमा पूरा गरी आज स्वदेश फर्किएकी छन् ।
९ दिने भ्रमणका लागि चीन प्रस्थान गरेकी राष्ट्रपति भण्डारी निर्धा्रित समयभन्दा एक दिन अगावै स्वेदश फर्किएकी हुन । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी एक दिन अगाबै स्वदेश फर्किएकी हुन् ।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार हाई अल्टिच्युटका कारण राष्ट्रपति भण्डारीलाई ल्हासामा स्वास्थ्य समस्या देखिएको थियो ।
तिब्बत भ्रमणका क्रममा तय भएका महत्वपूर्ण भेटवार्ता भने उनले हिजै सम्पन्न गरेकी थिइन ।
राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु लगाएत संवैधानिक अंगका प्रमुखहरुले स्वागत गरे ।
उनी गत बैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो ’बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी भएकी थिइन ।
उनले चिनिया समकक्षी सि चिनफिङसँग दुईपक्षीय भेटवार्ता समेत गरेकी थिइन । भेटकै अवसरमा पारवहन प्रोटोकलसहित विभिन्न ७ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्