प्रदेश ५ मा सवारी दुर्घटनाः युवा संघ अध्यक्ष मनोहर बुढाथोकीसहित नेकपाका चार नेता घाइते

काठमाडौं, बैशाख १८ । प्रदेश ५ का युवा संघ अध्यक्ष मनोहर बुढाथोकी घाइते भएका छन् ।

पूर्व(पश्चिम राजमार्ग अन्तर्गत शितगंगा नगरपालिका(८, अर्घाखाँचीमा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकीसहित नेकपाका जिल्ला स्तरका नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा बुढाथोकीसहित तीन जना घाइते भएका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलसहित बुटवल जान थालेका युवा संघका अध्यक्ष बुढाथोकी सवार बा १९ च १३३ नमम्बरको कारलाई नारायणघाट बाट घोराही आउँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा बुढाथोकीसहित नेकपा जिल्ला कार्यदल सदस्य शिवकुमार आचार्य, नेकपाका सदस्य लक्षमणकुमार शर्मा घाइते भएको अस्थायी प्रहरी पोस्ट सापमारा अर्घाखाँचीले जनाएको छ ।

बुढाथोकीको टाउको र निधारमा चोट छ । शिवकुमार आचार्यलाइ सामान्य खुट्टामा चोट लागेको छ भने, लक्ष्मणकुमार शर्माको घाँटीमा चोट लागेको जनाइएको छ । बुढाथोकी र शर्मालाई थप उपचारको लागि नेपालगञ्ज लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्