राष्ट्रपति भण्डारी आज स्वदेश फर्किंदै , किन आउँदैछिन् भ्रमण छोट्याएर एक दिन अगावै ?
काठमाडौं, वैशाख १८ । मित्रराष्ट्र चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कंदैछिन् । ९ दिने भ्रमणका लागि चीन प्रस्थान गरेकी राष्ट्रपति भण्डारी निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्कन लागेकी हुन् ।
स्वास्थ्यमा समस्या आएकाले राष्ट्रपति भण्डारी एक दिन अगावै स्वदेश फर्कन लागेको स्रोतले जनाएको छ । उनी वैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन् ।
९ दिने भ्रमण पुरा गरी उनी वैशाख १९ गते अर्थात भोलि स्वदेश फर्कने कार्यक्रम तय भएको थियो । हिजो ल्हासा पुगेकी उनी आज ल्हासाबाट सोझै काठमाडौं आउन लागेकी हुन् ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी भएकी थिइन् ।
उनले चिनियाँ समकक्षी सि चिनफिङसँग दुईपक्षीय भेटवार्ता समेत गरेकी थिइन् । भेटकै अवसरमा पारवहन प्रोटोकलसहित विभिन्न ७ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्