नेपाल एग्रो लघुवित्त वित्तिय संस्था नेपाल एसविआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबीच सम्झौता

काठमाडौं, १७ बैशाख । नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबीच एक कार्यक्रमकाबीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि दुई पक्षीय बीच सम्झौता भएको छ ।

उक्त कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत छपि राज पन्त र नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गर्नुभएको हो ।

साथै, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर दाखिल खारेज लगायत सो सँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, हात्तिसार, काठमाडौ मार्फत हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्