दश म्यानपावर कम्पनी खारेज, कुन -कुन म्यानपावर परे खारेजीमा ?
काठमाडौं, १७ बैशाख । समयमै नविकरण नगर्ने दश म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले खारेज गरिदिएको छ ।
विभागले कानुनले तोके अनुसार समयमै नविकरण नगरेका १० कम्पनी खारेज गरिएको विभागले खारेज गरिदिएको हो ।
खारेजीमा पर्ने कम्पनी इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रा.लि. , ध्वनी इन्टरनेशनल प्रा.लि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस, प्रिसाइस इन्टरनेशनल प्रा.लि, इनोभेटिभ सर्भिसेस प्रा.लि, रि क्रियशन इन्टरनेशनल प्रा.लि, प्रशिद्ध ओभरसिज प्रा.लि, वल्र्ड फस्ट जब प्लेसमेन्ट प्रा.लि र निजम ओभरसिज प्रा.लि लाई खारेज गरिएको विभागले जनाएको छ ।
यी कम्पनीहरुलाई फागुन १५ गतेको निर्णयले खारेज गरिएको हो । विभागले मंगलवार वेवसाइटमा सूचना प्रकाशन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्