असार मसान्तसम्म चिनी आयातमा रोक यथावत् नै रहने

काठमाडौं, वैशाख १७ । तीन साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीले झुक्याएको बताए पनि आयातमा परिमाणात्मक बन्देज यथावत् रहने भएको छ ।

ओली नेतृत्वकै मन्त्रिपरिषद् निर्णयले चिनीको आयात बन्देजलाई जारी राख्ने भएको हो । यो निर्णयले सस्तोको चिनी आयात नहुने र स्वदेशी उद्योगीले कार्टेलिङ गरी मूल्य बृद्धि गरिरहेकाले उपभोक्तालाई मार परिरहेको छ ।

वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीले पठाएको सूचनामा परिमाणात्मक बन्देजको अवधिलाई २०७६ असार मसान्तसम्म निरन्तरता दिने उल्लेख छ । उक्त सूचना वैशाख २ गतेको राजपत्रमा प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्