गरिमा विकास बैंकको सुर्यविनायक शाखा कार्यालयको उद्घाटन

कठमाडौं, १६ बैशाख । गरिमा विकास बैंक लिमिटेले सुर्यविनायक, भक्तपुर शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्नगरेको छ । सोमबार शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कंडेलले गरेका हुन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौ उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र २६ वटा एटीएम संचालनमा रहेका छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न स्थानमा थप १५ शाखा कार्यालय स्थापना गर्ने बैंकले जनाएको छ ।

विकास बैंकले आर्थिक बर्ष २०७५/७६ को त्रेश्रो त्रेमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्