मुक्तिनाथ विकास वैंकको “ क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा बचत योजना” सञ्चालनमा

काठमाडौं, बैशाख १५ । मुक्तिनाथविकास बैंकले आजबाट लागु हुने गरी “ मुक्तिनाथ जीवन बरदान योजना ’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान,मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् ।


यस योजना अन्तर्गत ग्राहकले रु १०,०००÷–न्युनतम मौन्दातमा रु ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा रु १० लाख सम्मको दुर्घटना मृत्यू बीमाको सुविधा प्राप्त गर्नेछन् ।


साथै, रु २०,०००÷–न्युनतम मौन्दातमा रु ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा र रु १० लाख सम्मको दुर्घटना मृत्यू बीमा (दुवै सुविधा )प्राप्तगर्न सक्नेछन् ।


यस बचत योजना अन्तर्गतका माथि उल्लेखित बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ), निःशुल्कआश्वा सेवा, निःशुल्कअन्तर शाखाकारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधातथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निःशुल्क VISA Debit Card र देशैभरी VISA नेटवर्क अन्तर्गत रहेकाकरिब ३००० ATM बाट निःशुल्क र कम झिक्न मिल्ने व्यवस्था गरिएको छ ।

बैंकको यो सेवा ११४ वटै शाखाहरु बाट लिन सकिनेछ ।
यो बचत खाता खोल्ने ग्राहकले Kiraana Online स्टोर सँग सहकार्य गरीरु ५०० ÷– बराबरको Kiraana Online किनमेलको भौचर सुविधा पनि उपलब्ध गराउने छ ।

हाल यो सुविधा काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्ला अन्तर्गतका शाखा कार्यालयहरुमा मात्र उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्