कर्णाली प्रिमियर लिगः मध्यपश्चिमसंग लालीगुराँस ७ विकेटले पराजित
काठमाडौं, बैशाख १५ । सुर्खेतमा जारी वाईवाई कर्णाली प्रिमियर लिगअन्तर्गत चौथो दिनको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको छ ।
खेलमा टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।
११२ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले ३ विकेट गुमाएर १६.१ ओभरमा पूरा गर्यो ।
मध्यपश्चिमको जितमा बलिङमा आकाश बिष्ट र अजय साहनीले ३र३ विकेट लिए ।
यस्तै ब्याटिङमा शैलेन्द्र यादवले अविजित ५३ रन तथा विशाल गुप्ताले अविजित ४५ रन बनाए ।
खेलको प्लेयर अफ द म्याच ३ विकेट लिएका आकाश विष्ट घोषित भए ।
समुह ए अन्तर्गत प्रतियोगितामा दोश्रो खेल खेल्दा मध्यपश्चिमको यो पहिलो जित हो ।
लालीगुराँसले भने तीनवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ ।
समुहको शीर्ष स्थानमा रहेको कर्णाली ११ ले २ खेल खेल्दा २ वटैमा जित हाँसिल गरेको छ भने त्रिभुवन आर्मीले १ खेलमा जित हाँसिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्