प्रदेश ५ का मुख्यमन्त्री र पाकिस्तानका राजदूतीच भेटवार्ता: भेटमा भयो यस्तो छलफल

काठमाडौं, बैशाख १५ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले आइतबार भेटवार्ता गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत जावेदले लुम्बिनी बौद्धमार्गीका लागि मात्रै नभएर सबैको श्रद्धाको स्थल भएको बताए । मुख्यमन्त्रीले लुम्बिनी सहित तराईका इलाका ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको चर्चा गरे ।

राजदूत जावेदले दुई मुलुकको लामो कुटनीतिक सम्बन्धमा कुनै समस्या नआएको र सम्बन्ध मजवुत रहेको चर्चा गर्दै सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बताए ।

सो क्रममा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउन सकिने बताएको मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्