ललितपुर महानगरले पनि ल्याउने भयो दुईवटा ब्रमुर
काठमाडौं, बैशाख १५ । ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रमुर खरिद गर्ने भएको छ ।
महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि ब्रुमर खरिद प्रक्रिया अघि बढाइएको हो ।
ब्रमुर खरिदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्वीटजरल्याण्डमा बनेको बु्रमर खरिद गर्न लागेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।
ललितपुर महानगरपालिकाको शहरी क्षेत्रमा धुलो सफा गर्नका लागि दुई वटा बु्रमर पर्याप्त हुने उनले बताए । ‘नगरका भित्री क्षेत्रमा सफा गर्न दुई वटा बु्रमर पर्याप्त हुनेछ’ उनले भने । महानगरपालिकाले खरिद गर्न लागेको बु्रमर काठमाडौँ महानगरपालिकाले अहिले सञ्चालन गरिरहेको बु्रमरजस्तै आधुनिक प्रविधिको भएको प्रवक्ता महर्जनले बताए ।
ललितपुर महानगरपालिकामा अहिले एउटा सानो ब्रुमर भए पनि सञ्चालनमा नभएको उनले बताए । ‘अहिले हामीसँग भएको पुरानो प्रविधिको ब्रुमरले धेरै धुवाँ फल्ने भएकाले वातावरण प्रदूषण गर्ने भएकाले अहिले सञ्चालनमा छैन ।’ महानगरभित्रका सडक सफा गर्नका लागि महानगरपालिकाले गाडी र कर्मचारी पनि थप्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्