मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको हाकिमचोकमा

काठमाडौं, १४ बैशाख । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा चितवनको,हाकिमचोक शाखा औपचारिक रुपमा शुभारम्भ गरेको छ ।

उक्त शाखाको समुद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरिन । शाखा कार्यालय उद्घाटन गर्दैै शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई सबै तप्काका मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदानगर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना ब्यक्त गरिन ।

शाखा कार्यालयको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्र भलाद्मीहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंक लि.को देशैभरी गरि ११४ वटा शाखा, २२ वटा ए.टि.एम. मार्फत छ लाख ग्राहकहरुलाई बंैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स,आस्वा, मोबाइल बैंकिंङ्ग सेवा प्रदान गर्नुका साथै देशैभरीका भिषा नेटवर्क अन्तर्गत रहेका एटिमबाट निःशुल्क रकम झिक्न मिल्ने ब्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्