इन्डियन प्रिमियर लिग: चेन्नई सुपर किंग्सलाई ४६रनले हराउँदै मुम्बई इण्डियन्स दोस्रो स्थानमा उक्लियो

काठमाडौं, वैशाख १४ । भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्स पराजित भएको छ ।

चेन्नईस्थित एम चिदाम्बरम् क्रिकेट स्टेडियममा गएराति भएको खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई ४६ रनले पराजित गरेको हो । मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको चेन्नई १७ ओभर ४ बलमा अलआउट हुँदै १०९ रनमा समेटियो ।

नियमित कप्तान महेन्द्रसिंह धोनीले खराब स्वास्थ्य अवस्थाका कारण आराम लिने निर्णय गरेपछि सुरेश रैनाको कप्तानीमा मैदान उत्रिएको चेन्नईका लागि मुरली विजयले सर्वाधिक ३८ रन बनाए । चेन्नईका लागि मिचेल सेन्टनरले २२ तथा ड्वाने ब्राभोले २० रन बनाए । चेन्नईका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका लागि लासिथ मालिंगाले ४ विकेट लिए । यस्तै क्रुनाल पाण्ड्या र जस्प्रित बुमराहले २र२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १५५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६७ रन बनाए । यस्तै इभिन लेविसले ३२, हार्दिक पाण्ड्याले अविजित २३ रन बनाए । क्विनटन डी कक १५ रनमा आउट हुँदा केइरन पोलार्डले अविजित १३ रन बनाए ।

चेन्नईका मिचेल सेन्टनरले २ तथा दिपक चाहर र इमरान ताहिरले १र१ विकेट लिए ।

जितसँगै मुम्बई अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ११ खेलबाट १४ अंक जोडेको छ । पराजित चेन्नई १२ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा यथावत् छ ।

प्रतिक्रिया दिनुहोस्