एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटः नेपालको अष्ट्रेलियासँग फराकिलो हार
कठमाडौ, बैशाख १३ । म्यानमारमा आजबाट शुरु भएको एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गतको दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ ।
मण्डलेस्थित मण्डलरथिरी स्टेडियममा शुक्रबार भएको समूह चरणको पहिलो खेलमा नेपाले बलियो अष्ट्रेलियासँग ११–१ को फराकिलो गोलअन्तरले पराजित भएको हो । फिफा वरीयतामा छैटौ स्थानमा रहेको अष्ट्रेलियाविरुद्ध नेपाल सबै पक्षमा कमजोर देखिदा खेलभर नै दवाव झेलेको थियो ।
नेपालले पहिलो हाफमै ६ गोल खाँदै एक गोल फर्काउँदा दोस्रो हाफमा ५ गोल सामना गरेको थियो । नेपालका लागि मन्जली कुमारी योन्जनले पहिलो हाफमा एक गोल फर्काएकी थिइन् ।
उत्कृष्ट प्रदर्शन गर्दै एएफसी कपमा छनोट हुने लक्ष्य बनाएको नेपाल फराकिलो हारसँगै एएफसी कपमा छनोट हुने सम्भावना झिनो बनेको छ । नेपालले अब समूहका २८ अप्रिलमा उज्वेकिस्तान र ३० अप्रिलमा घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । हरेक समूहका शीर्ष दुई टोली एएफसी च्याम्पियनसिपमा छनोट हुनेछन् ।
आयोजक थाइल्यान्ड, जापान, उत्तर कोरिया र चीनले एएफसी यू(१९ च्याम्पियनसिपमा स्थान बनाइसकेका छन् । छनोटको शीर्ष टोलीले एएफसी यु–१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
प्रतिक्रिया दिनुहोस्