एशियन लाईफ इन्स्योरेन्स र सनराइज बैंकबीच बैंकास्योरेन्स सम्झौंता

काठमाडौं, ११ बैशाख । एशियन लाईफ इन्स्योरेन्स कम्पनी र सनराइज बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौंता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार बैंकले देश भर रहेका १०४ वटै शाखाहरुबाट एशियन लाइफको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्ने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एशियनका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

बैकले १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्