अजोड इन्स्योरेन्स लिमिटेडको दाङ्गमा पनि शाखा विस्तार

काठमाडौं, ११ बैशाख । अजोड इन्स्योरेन्स लिमिटेडको दाङ्ग शाखा कार्यालयको विस्तार भएको छ । सो शाखा को उद्घाटन तुलसीपुर उप-महानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, तुलसीपुरका उपाध्यक्ष राम प्रसाद चालिसे तथा अजोड इन्स्योरेन्स लि. का संचालक समितिका संचालक रामबहादुर गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का दाङ्ग शाखा प्रमुख शिशिर कुमार लामिछानेले स्वागतमन्त व्यव्यक्तगर्नु गरेका थए । कार्यक्रममा विशिष्ट व्यक्तिहरुसहित कम्पनीका कर्मचारी लगायत महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापति तथा यस संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदानगर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्