गौरिकाले जितिन् १२ स्वर्ण

काठमाडौं, बैशाख ११ । ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् ।

उनले बुधबार चार स्वर्ण जितिन् । यससँगै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको हो ।

गौरिकाले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जितेकी थिइन् भने तेस्रो दिन चार स्वर्ण जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्