धुलिखेल माउण्टेन रिसोर्टमा मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था

काठमाडौं, ११ बैशाख । मुक्तिनाथ विकास बैंक लि. र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच विशेष छुट सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिजाडेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्टबाट विभिन्न सेवा सुविधामा १०% सम्मको विशेष छुट दिने सम्झौता भएको हो ।

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र धुलिखेल माउण्टेन रिसोर्टको तर्फबाट विक्रि तथा बजारीकरण विभागका अधिकृत भगीरथ प्रताप सिंहले हस्ताक्षर गर्नु भएको छ । यस सुविधाबाट बैंकका भिजाडेविट कार्ड भएका सम्पूर्ण सेवाग्राहीहरुलाई थपलाभ हुने अपेक्षा गरिएको छ ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहकवर्गलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैकिङ्ग सेवाप्रदान गर्नुकासाथै देशैभरीका भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्