मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू-१६ रिजन च्याम्पियनशिपको सेमिफाइनलमा

काठमाडौं, बैशाख ११ । थाइल्याण्डमा जारी एसीसी यू–१६ इस्टन रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार जित निकालेको छ ।

मलेशियालाई ३९ रनले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।

नेपाल एसीसी यू-१६ रिजन च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले मलेसियालाई ३९ रनले हराउँदै सेमिफाइनल पुगेको हो ।

थाइल्यान्डको चियाङमाइमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ३४ ओभर एक बलमा अल आउट हुँदै एक सय ४१ रन बनाएको थियो ।

नेपालको पारीमा कप्तान विशाल विक्रम केसी र अइस भट्टराइले तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । अइसले ४२ बलमा ३४ रन जोड्दा विक्रम २८ रनमा आउट भए ।

ओपनरद्वय दीपक बोहोरा र अर्जुन कुमाल समान १६–१६ रनमा पेभेलियन फर्किएका थिए । निखिल कुमार सिंहले १२ र सुवास ऐरले ११ रन जोडे । चार खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ सिद्धार्थ कार्तिकले चार विकेट लिए ।

जवाफमा मलेसिया ३३ ओभर दुई बलमा एक सय दुई रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । तीन रनमा पहिलो विकेट गुमाएको मलेसियाले २८ रनमा तीन विकेट खेर फाल्यो ।

त्यसपछि ३१ रनमा पाँच विकेट गुमाएको मलेसियाका लागि वान अहमद असरफ र सरभिन सुरेन्दरनले अर्धशतकीय साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए ।

वान १७ रनमा आउट भएपछि मलेसियाले ८४ रनमा छैटौं विकेट गुमायो । त्यसपछि नेपालले मलेसियाको स्कोर ९७ रन हुँदा अरु २ विकेट हात पार्यो ।

उसका किशन कुमारले ११ रन बनाए भने सरभिन सुरेन्दरनले अविजित ४६ रन बनाए पनि टिमालाई हारबाट बचाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्