विप्लव समूहका हेमन्तप्रकाश वलीसहित ६ जना पुर्पक्षका लागि थुनामा
काठमाडौं , वैशाख १० । जिल्ला अदालत, ललितपुरले विप्लव समूहका तत्कालिन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली सुदर्शनसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
सुदर्शनलाई काभ्रेबाट राजधानीबाट छिर्दै गर्दा महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो ।
नख्खुमा रहेको एनसेल मुख्यालय अगाडि एक जनाको मृत्यु र ३ जना घाइते हुने गरी भएको विष्फोटमा संलग्न सुदर्शनसहित अन्यलाई अदालतको आदेशपछि नख्खु कारागार चलान गरिएको छ ।
थुनामा पठाइएका अन्यमा शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परिवार भनिने ईश्वर दमाई र जुम्ली भनिने विरबहादुर कठायत छन् ।
प्रतिक्रिया दिनुहोस्