सिटिजन्स बैंकद्वारा हिमाल हस्पिटलमा एटीएम सञ्चालन

काठमाडौं, बैशाख १० । सिटिजन्स बैंकले हिमाल हस्पिटलमा एटीएम सञ्चालन गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा ए.टी.एम सेवा शुभारम्भ गरेको हो ।

बैंकको १२ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोक बिक्रम थापाले संयुक्त रुपमा उक्त ए।टी।एम सेवाको उद्घाटन गरे ।

यसले गर्दा हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्