सिभिल बैंकको सेयर मूल्य समायोजन

काठमाडौं, बैशाख १० । सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १०।२५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पछि आज (मंगलबार) यसको कारोबार १५५ रुपैयाँ १० पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य १८३ रुपैयाँ ५५ पैसा छ ।

सिभिल बैंकले आगामी २७ गते सधारण सभा गर्दैछ । सभामा नाफाबाट १०.२५ प्रतिशत बोनस सेयर र त्यसको कर तिर्न ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

बैंकले दुई आर्थिक वर्षको बार्षिक साधारणसभा एकैपटक गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्