आमाबाट आशीर्वाद लिएर प्रधानमन्त्री मोदीले हाले भोट

काठमाडौं, बैशाख १० । भारतमा ७ चरणमा सम्पन्न हुने लोकसभा निर्वाचनको तेस्रो चरणको निर्वाचन मंगलबार जारी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो चुनावी क्षेत्र गुजरातको अहमदाबादमा भोट हालेका छन् । उनले निर्वाचन क्षेत्रमा गएर भोट हाल्न अगाडि आफ्नी आमा हिराबेनसँग आशीर्वाद लिएका थिए ।

उक्त भिडियो भारतीय संचार माध्यमहरुमा सार्वजनिक भएको छ । आज मंगलबार १३ राज्य, केन्द्र शासित प्रदेशका १ सय १७ लोकसभा सिटमा भोटिङ भइरहेको हो । यसमा गुजरात, केरला, महाराष्ट्र र कर्नाटकको ७४ सिटलाई निर्णायक मानिएको छ ।

१ सय १७ सिटमा १६ सय १३ उमेदवार छन् । प्रधानमन्त्री मोदीले उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट समेत लोसभा निर्वाचनमा लड्दैछन् । उक्त निर्वाचन सातों चरणमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्