आठौं राष्ट्रिय खेलकुद : प्रदेश १ लाई आठ विकेटले हराउँदै एपीएफ क्रिकेटको फाइनलमा
काठमाडौं, वैशाख १० । विभागीय टोली नेपाल एपीएफ क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
कोहलपुर क्रिकेट मैदानमा आजै भएको खेलमा प्रदेश प्रदेश १ लाई आठ विकेटले हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको हो ।
५० रनको समान्य लक्ष्य पछ्याएको एपीएफले १०.५ ओभरमा दुई विकेटको क्षतिमा ५३ रन बनाएको थियो । एपीएफको जितमा शंकर रानाले सर्वा्धिक २३ रन बनाए । प्रदीप ऐरीले अविजित १७ रन बनाए । बलिङमा प्रदेश १ का पुष्प थापा र दिपेश कँडेलले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले १६.३ ओभरमा सबै विकेट गुमाएर ४९ रन बनाएको थियो । प्रदेश १ का लागि मिनाश थापा र सुन्नी पुनले समान १४ रन बना अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
बलिङमा एपीएफका शरद भेषवाकरले चार विकेट लिए ।
वसन्त रेग्मीले तीन तथा भुवन कार्की र अभिनाश बोहोराले एक–एक विकेट लिए । शरद म्यान अफ द म्याच भए ।
फाइनलमा एपीएफले आर्मी । नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्