नेपाली कामदार तत्काल जापान जान नपाउने, कारण यस्तो छ
काठमाडौँ , बैशाख १० । नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् ।
जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो ।
रोजगारीको लागि जापानले संरचना निर्माण प्रक्रिया अघि बढाइएको छ ।
भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धीत व्यवसायको एसोसिएसनले सीप परिक्षण गर्नेछन् ।
नेपालका लागि सीप परीक्षणको परीक्षा लिन खुला भएका मध्ये कुनै पनि व्यवसायका एसोसिएसन तयार नभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्