अमृत र छिरी क्वाटरफाइनलमा
काठमाडौं । पश्चिमाञ्चलका अमृत थापा मगर र मध्यमाञ्चलका छिरी लामा राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत १० औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
अमृतले मध्यमाञ्चलका विजय मगरलाई ११–५, ११–३ र ११–६ तथा छिरीले नेपाल प्रहरी क्लबका ज्ञानु चौधरीलाई ११–७, ११–५ र ११–७ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा प्ररहीका दीपक थापाले मध्यमाञ्चलका सुगम तुल्सानलाई १४–१२, ११–८ र १३–११, पश्चिमाञ्चलका पदमबहादुर थापाले प्रहरीका अमिर ब्लोनलाई ११–२, ११–४ र ११–९ तथा मध्यमाञ्चलका अरहान्तकेशर सिम्हले पूर्वाञ्चलका दिलिपनरसिंह अधिकारीलाई ११–५, ११–५ र ११–६ को सीधा सेटमा हराए ।
महिला सिंगल्समा मध्यमाञ्चलका भावना सुनुवार, मन्जिला आले मगर, स्वस्थानी श्रेष्ठ, सपना ब्लोन, श्रीमाया लामा र विपना ब्लोन तथा पूर्वाञ्चलकी मुस्कान राउत र पश्चिमाञ्चलकी कृष्णा थापाले क्वाटरफाइनल यात्रा तय गरे ।
प्रतिक्रिया दिनुहोस्