कामना सेवा विकास निःशुल्क आई-बैंकिङ रिलोडेड सेवा


काठमाडौँ, ९ वैशाख । कामना सेवा विकास बैंकले हाल सञ्चालनमा रहेको ई-बैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरि आई–बैंकिङ रिलोडेड सेवा सार्वजनिक गरेको छ ।

यो सेवा मार्फत ग्राहकहरुले बैंक खाताको रकम अन्य बैंक–वित्तीय संस्थाको खातामा ट्रान्सफर गर्न, ई-सेवामा रकम जम्मा गरी विभिन्न भुक्तानीहरु गर्न, एनटीसी, एनसेल, पीएसटीन, स्मार्ट सेलहरुमा मोबाइल टपअप गर्न गर्न तथा तालिकाहरु बनाई विभिन्न भुक्तानी तथा ईएमआई पेमेन्टहरुमा सहयोगी हुने बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्