कामना सेवाकोे विरौटा शाखा स्थानान्तरण गरि कारोवार शुरु


काठमाडौं, ८ वैशाख । कामना सेवा विकास बैंक लिमिटेडले आजदेखि पोखरा महानगरपालिकाको वडा नं १७, विरौटा चोकमा सेलवेज मार्ट भएको भवनमा आफ्नो विरौटा शाखा स्थानान्तरण गरि कारोवार आरम्भ गरेको छ ।

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सि., बैंक संचालक समितिका अध्यक्ष सुदिप आचार्य, संचालकहरु चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखा स्थानान्तरण पश्चात् कारोबार शुभारम्भ गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा स्थानान्तरणपश्चात् ग्राहकहरुलाई अझ आधुनिक बैंकिङ्ग सेवा सुबिधासँगै बैंकले ब्यापार विस्तारलाई अझतिव्रता दिने बताए । त्यस्तै मेयर जि. सि. ले उक्त समारोहमा बैंकले हालसालै ल्याएको आई-बैंकिङ्ग रिलोडेड सेवाको प्रशंसा गर्दै बैंकको उक्तरोतर प्रगतिको कामना ब्यक्त गरे ।

काठमाडौं ज्ञानेश्वरमा भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८३ वटा शाखा तथा ३७ वटा एटिएम मार्फत गा्रहकहरुलाई एबिबिएस, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैंकिङ्ग, सि-आस्वा लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष सेवाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्