सिन्धुलीका ५० दलित परिवारलाई भूकम्प प्रतिरोधात्मक घर निर्माण

काठमाडौं, बैशाख ८ । सिन्धुलीको दुधौली नगरपालिका( ९ का घरबारविहीन ५० दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक पक्‍की घर निर्माण गरिएको छ।

खोला किनारा तथा ऐलानी जग्गामा टहरा बनाएर बर्षौंदेखि बसोबास गर्दै आएका दलित समुदायको मुसहर बस्तिमा उनिहरुका लागि ५० वटा घरहरु निर्माण गरिएको हो।

१ करोड २३ लाख रुपैयाँ लागत तथा मुसहर समुदायको १० प्रतिशत श्रमदानमा दुई कोठाका ५० वटा भूकम्प प्रतिरोधात्मक पक्की घरहरु निर्माण गरिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ ।

नेपाल सरकारले संचालन गरेको जनता आवास कार्यक्रम अन्तरगत ५० परिवार दलित मुसहरका लागि दुई कोठाको पक्‍की घरहरु निर्माण गरिएको उक्त कार्यालयका इन्जीनियर दुर्गा घिमिरेले बताए।

मुसहर समुदायका लागि निर्माण गरिएका ५० वटा घरमध्ये १० वटा घर निर्माण सम्पन्न गरिएको र बाँकी ४० वटा घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको घिमिरेले जानकारी दिए।

गरिव तथा विपन्न मुसहरका लागि घर, शौचालय, खानेपानी, बाटो सहितको भौतिक पूर्वाधार निर्माण गरी घर हस्तान्तरण गरिने घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्