यूनाईटेड फाइनान्सको सीईओमा मिश्र नियुक्त

काठमाडौं, बैशाख ८ । यूनाईटेड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अजयकुमार मिश्र नियुक्त भएका छन् ।

संस्थाको संचालक समितिको २३२औँ बैठकले मिश्रलाई सीईओ पदमा नियुक्त गरेको हो ।

समितिले गत वैशाख ६ गतेदेखि लागू हुने गरी मिश्रलाई संस्थाको सीईओमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्